सूचनाको शक्ति - The Power Of Information

        

तीन दिनको मौसम पूर्वानुमान : देशका अधिकांश ठाउँ सफा रहने

काठमाडौं। हाल प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ , बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। भोलि प्रदेश १ , बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा हुनसक्ने अनुमान गरिएको छ।

त्यस्तै पर्सि यी प्रदेशसहित लुम्बिनी प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार ०६:५६