सूचनाको शक्ति - The Power Of Information

        

सुनको मूल्य घट्यो

काठमाडौं ।  नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९५ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार घटेर तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै तेजावी सुन तोलामा ९३ हजार रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्य पनि घटेको छ ।
मंगलबार तोलामा १२२५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर १२०५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार ११:३९