सूचनाको शक्ति - The Power Of Information

        

चेक रिपब्लिकमा तीन साताको लागि लकडाउन गर्ने घोषणा

काठमाडौं । कोरोना संक्रमण दर उच्च हुँदै गएपछि चेक रिपब्लिकमा तीन साताको लागि लकडाउन गर्ने घोषणा गरेको छ ।

जसका कारण त्यहाँको शिक्षण संस्था, होटल, रेष्टुराँ र क्लबहरु पूर्णरुपमा बन्द रहने छन् । त्यसैगरी मदिरा बेचबिखनमा पूर्णरुपमा रोक लगाइएको छ ।

कोरोना संक्रमितको संख्या १ लाख नाघेपछि संक्रमण नियन्त्रणका लािग सरकारले लकडाउन गर्न लागेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

आगामी नोभेम्बरसम्म लकडाउन गर्ने सरकारले जनाएको छ । लकडाउन भएसँगै विद्यार्थीहरुको पठनपाठन अनलाइनमार्फत सञ्चालन हुनेछन् ।

चेक रिपब्लिकको अधिकाशं अस्पतालहरुमा कोरोना संक्रमितको चाप बढेको छ ।

गत मार्च देखिको तथ्यांक हेर्ने हो भने पछिल्लो १४ दिनमा ५५ हजार ५ सय बढी नयाँ संक्रमित थपिएका छन् भने बिगत २४ घण्टामा १ हजार ५१ बढीको मृत्यु भइसकेको छ ।

यसैबीच विश्वका कयौं राष्ट्रहरुले कोराना महामारीका नियन्त्रणका लागि नयाँ नयाँ नियमहरु लागू गर्न थालेका छन् ।

फ्रान्सको पेरिसका ९० प्रतिशत आइसियु बेडहरु भरिन सक्ने आँकलन गर्दै केही शहरहरुमा कफ्र्यु आदेश जारी गरिने र केही स्थानहरुमा प्रतिबन्ध लगाउने तयारी फ्रान्स सरकारको छ ।

जसका लागि फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोनले टेलिभिजन सन्देशमार्फत प्रतिवन्धहरुको घोषणा गरिने जनाइएको छ ।

नेदरल्याण्ड्समा कोरोना संक्रमितहरुको दर बढ्दै गएपछि आशिंक रुपमा लकडाउनको घोषणा गरिएको छ भने सर्वसाधारणलाई मास्क अनिवार्य गरिएको छ ।

जर्मन चान्सलर एन्जेला मार्केलले युरोप कोरानाको कहरबाट मुक्त नभएको भन्दै यसले अझै गम्भीर परिस्थितिको सामना गर्नुपर्ने बताउनु भएको छ ।

बेलायतल पनि संक्रमण नियन्त्रणका लागि लकडाउनको तयारीमा रहेको छ ।(एजेन्सी)

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार ०९:५८