सूचनाको शक्ति - The Power Of Information

        

दैलेखको नारायण नगरपालिका एक साताका लागि सिल

दैलेख । दैलेखको नारायण नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बुधवार देखि एक हप्ताका लागि नगरपालिका सिल गरिएको छ ।

नारायण नगरपालिका र नगरभित्रका ११ वटै वडाका कामहरु एक सातासम्म बन्द हुने भन्दै नगरपालिकाले विज्ञप्ति मार्फत जानकारी गराएको हो ।

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि झनै समस्या हुने भन्दै नगरका सबै काम बन्द गरिएको छ । स्थानीय बासिन्दाहरुलाई सुरक्षा सर्तकता अपनाउन सुझाव दिइएको छ ।

सदरमुकाममा एकै दिन २३ जनामा कोरोना संक्रमण, डाक्टर समेत संक्रमित

सदरमुकाम भित्रै एकै दिन २३ जनामा कोरोना संक्रमण देखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयमा कार्यरत डाक्टरलाई पनि कोरोना संक्रमण देखिएको छ । नगरपालिका भित्रै बसोवास गर्ने, व्यापारी, विभिन्न बैंकका कर्मचारी र नारायण नगरपालिकाका कर्मचारीहरुमा संक्रमण देखिएको हो ।

दैलेखमा हालसम्म १ हजार १ सय ७९ जनामा कोरोना संक्रमण देखिएका मध्ये ७० जना विभिन्न आइसुलेसन र होम आइसुलेसनमा रहेका छन् । बाँकी सन्चो भएर घर फर्किसकेका छन् । हालसम्म यस जिल्लामा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ४ पुगेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार ०८:४२