सूचनाको शक्ति - The Power Of Information

        

कोरोना अपडेट : विश्वभर संक्रमितको संख्या ३ करोड ८० लाख

काठमाडौं । विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ करोड ८० लाख नाघेको छ।

बुधबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ३ करोड ८० लाख  ४१ हजार १ सय ४३ जना  संक्रमित भएको तथ्यांक रहेको छ।

संक्रमितको संख्या सबैभन्दा बढी अमेरिकामा छ। अमेरिकामा संक्रमितको संख्या ७८ लाख ५६ हजार ४२ पुगेको छ। त्यस्तै भारतमा ७१ लाख ७५ हजार ८ सय ८०, ब्राजिलमा ५१ लाख ३ हजार ८ र रुसमा १३ लाख १८ हजार ७ सय ८३ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।

त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या १० लाख ८४ हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार १० लाख ८४ सय ८ सय ८८ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।

अमेरिकामा २ लाख १५ हजार ८ सय ६१,  ब्राजिलमा १ लाख ५० हजार ६ सय ८९, मेक्सीकोमा  ८४ हजार ४ सय २०, बेलायतमा ४३ हजार १ सय ८, इटालीमा ३६ हजार २ सय ४६ जनाको मृत्यु भएको छ।

विश्वभर दुई करोड ६३ लाख ८८ हजार ६ सय ३३ जना संक्रमणमुक्त भएका छन्।  बुधबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ४५ लाख २६ हजार ३ सय ९३, अमेरिकामा ३१ लाख २४ हजार ५ सय ९३, रुसमा १० लाख  २७ हजार ३ सय ४८ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा पनि एक लाख  १५ हजार ३ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ७८ हजार ७ सय ८० जना संक्रमणमुक्त भएका छन् भने ६ सय ६३ जनाको मृत्यु भएको छ।

भारतमा संक्रमितको संख्या ७१ लाख ७५ हजार ८ सय ८० पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या एक लाख ९ हजार ८ सय ५६ पुगेको छ। भारतमा हालसम्म ६२ लाख २७ हजार २ सय ९५ जना  संक्रमित संक्रमणमुक्त भएका छन्।

पाकिस्तानमा हालसम्म ३ लाख १९ हजार ८ सय ४८ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ५ सय ८८ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म ३ लाख ४ हजार ६ सय ९ जना उपचारपछि निको भएका छन्।

बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ लाख ८१ हजार २ सय ७५ पुगेको छ। बंगलादेशमा हालसम्म ५ हजार ५ सय ७७ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा  २ लाख ५९ हजार ८ सय ७३ छ।

अफगानिस्तानमा संक्रमितको संख्या ३९ हजार ९ सय २८ पुगेको छ। अफगानिस्तानमा १ हजार ४ सय ८० जनाको मृत्यु भइसकेको छ भने ३३ हजार ३ सय ८ जना उपचारपछि निको भएका छन्।

माल्दिभ्समा संक्रमितको संख्या १० हजार ९ सय ९३ जना रहेको छ। मृत्यु हुनेको संख्या ३५ छ भने उपचारपछि निको हुनेको संख्या ९ हजार ८ सय ३३ पुगेको छ ।

श्रीलंकामा संक्रमितको संख्या ५ हजार ३८ जना  रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १३ छ भने निको हुनेको संख्या ३ हजार ३ सय २८ रहेको छ।

भुटानमा संक्रमितको संख्या ३०९ पुगेको छ। उपचारपछि निको हुनेको संख्या २९१ छ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार ०८:३७