सूचनाको शक्ति - The Power Of Information

        

कुष्ठरोगका २९ जना विरामीलाई जुत्ता

बाँके । डुडुवा गाउँपालिकामा कुष्ठरोग उपचार पुरा गरेका विरामीहरुलाई जुत्ता वितरण गरिएको छ । गाउँपालिका स्वास्थ्य शाखाले आज मंगलबार एक कार्यक्रमको आयोजना गरि गाउँपालिका अन्र्तगत रहेका २९ जना कुष्ठरोगीलाई जुत्ता वितरण गरेको हो ।

जुत्ता वितरण गर्दै गाउँपालिका प्रमुख नरेन्द्रकुमार चौधरीले कुनै पनि नागरिकले रोग लुकाउन नहुने भन्दै रोगको निदान गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए । उनले भने, ‘रोग सबैलाई लाग्न सक्छ, तर त्यसलाई लुकाएमा ज्यान जान सक्छ, स्वास्थ्य समस्याका बारेमा खुलेर प्रस्तुत हुनपर्छ ।’

उनले गाउँपालिकाका नागरिकलाई स्वास्थ्य समस्या आउन नदिनका लागि गुणस्तरिय निशुल्क स्वास्थ्य सेवासंगै निशुल्क प्रयोगशालाको व्यवस्थापन गरेको भन्दै जटिल समस्या बाहेक सम्पूर्ण रोगको उपचार तथा औषधी वितरण गाउपालिकास्तरमा हुने गरेको बताए ।

विरामीलाई हिड्डुल तथा आवतजावतमा सहज र जटिलताबाट जोगाउन जुत्ता वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताए । जुत्ता पाएपछि विरामीहरुले आफुहरुलाई आवतजावतमा सहज हुने प्रतिक्रिया दिए । कार्यक्रममा बेतहनी स्वास्थ्य चौकीका इन्चार्ज हेमन्त शर्मा लगायतको सहभागिता थियो ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलवार १६:४०