सूचनाको शक्ति - The Power Of Information

        

काठमाडौंका यी ठाउँमा आउँदैन बिहान १० बजेसम्म बत्ती

काठमाडौं ।  काठमाडौंका विभिन्न ठाउँमा अहिले बत्ती गएको छ ।

फिडर सटडाउनमा राखी काम गर्नुपर्ने भएकाले विभिन्न ठाउँको लाइन काटिएको नेपाल विद्युत प्राधिकरणका सूचना अधिकारी लिला अर्यालले बताएकी छिन् ।

उनका अनुसार, रत्नपार्क वितरण केन्द्रको टेकु, ​त्रिपुरेश्वर फिडर अन्तर्गत पर्ने टेकु सव स्टेशन अगाडिबाट पंचली भैरव, उद्योग वाणिन्य महासंघ, टेकुचोकबाट त्रिपुरेश्वर चोक नपुग्दै भाटभटनी सुपर मार्केट अगाडिसम्म, टेकु वंशीमार्ग, सुकुमबासी जाने बाटो सम्म ,कालीमाटी फिडर अन्तर्गत पर्ने टेकु नेशनल ट्रेडिङ्ग हुदैं हनुमन्त भिमसेन स्थान, परोपकार, रामघाट, शान्ति निकेतन स्कुल, मरुहिटी, ढोकाटोल, नरदेवी हस्पिटल अगाडि बत्ती गएको छ ।

टंगाल, भरुङ्गखेल, क्षेत्रपाटीचोक, ढल्कोचोकसम्म,भिमसेनस्थान फिडर अन्तर्गत पर्ने अण्डरग्राउण्ड हुदैं टेकु नेशनल ट्रेडिङ्गको बाहिरपटी,काठमाण्डौं विजनेश पार्क हुदैं १२ नं. वडा कार्यालय, ब्रम्हटोल, जैसीदेवल चोक, ज्याबहाल चिकमुगल, भिमसेनस्थान, सरुगल्लीको ट्रान्सफरमर सम्म बत्ती गएको उनले बताइन् ।

बिहान ६ : ३० बजेदेखि काटिएको बत्ती १० बजेसम्म नआउने उनले बताएकी छिन् ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलवार ०७:३७