सूचनाको शक्ति - The Power Of Information

        

खगोलशास्त्रमा दुर्लभ क्षण: आज मंगलग्रह पृथ्वीबाट सबैभन्दा नजिक देखिने

काठमाडौं । आज(मंगलबार) मंगलग्रह पृथ्वीबाट सबैभन्दा नजिक देखिनेछ जसका कारण पृथ्वी, सूर्य र मंगलग्रह एकै दिशामा रहने छन् ।

खगोलशास्त्रमा दुर्लभ मानिएको यो क्षणलाई मंगलग्रहको अपोजिसन नाम दिइएको छ ।

जहाँ तीन वटा ग्रह १८० डिग्री कोणमा रहने छन् । नासाका अनुसार प्रत्येक दुई वर्षमा हुने मंगलग्रह पृथ्वीबाट नजिक देखिने गरेको छ ।

१३ अक्टोबरमा मंगलग्रह पृथ्वी नजिक देखिने नासाका वैज्ञानिकहरुले यसअघि नै बताएपनि गत ६ अक्टोबरमा यो ग्रह करिव पृथ्वी नजिक आइपुगिसकेको छ भने अहिले पृथ्वी र मंगलग्रहको दूरी ३८ दशमलव ६ मिलियन माइलको दूरीमा रहेको छ ।

अब सन् २०३५ मा मात्रै मंगलग्रह पृथ्वी नजिक पुग्ने नासाका वैज्ञानिकहरुले जनाएका छन् ।

यस अघि सन् २००३ मा मंगलग्रह पृथ्वीबाट ३४ दशमलव ८ मिलियन माइलको दूरीसम्म आइपुगेको थियो ।

हाल मंगलग्रहको तीन मिशन सक्रिय रहेका छन् । अमेरिका, चीन, र संयुक्त अरब इमिरेट्सले गत जुलाईमा मंगलग्रह पठाउने गरेको थियो ।

यसअघि नासाले २०१८ मे मा मंगल ग्रह मिशन लञ्च गरेको थियो ।(एजेन्सी)

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलवार ०७:१९