सूचनाको शक्ति - The Power Of Information

        

सात किलो गाईको मासुसहित खजुराबाट तीन पक्राउ

बाँके । बाँके प्रहरीले खजुरा गाउँपालिकाबाट ७ किलो गाईको मासुसहित तीन जनालाई पक्राउ गरेको छ । सात किलो मासु, हड्डी र छालासहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । इलाका प्रहरी कार्यालय धनौलीले खजुरा गाउँपालिका–८ रनियापुर चमकदारपुरका ४५ बर्षीय चुन्नी खाँ, ५० बर्षीय शब्बीर खाँ र ३४ बर्षीय अब्दुल आशीक खाँलाई गाईको मासुसहित पक्राउ गरेको हो ।

सब्बीर खाँको घरदेखि अन्दाजी दुई किलोमिटर उत्तरपूर्वमा रहेको अस्फाक खाँको खेतबारीमा गाई काटिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षकको नेतृत्वमा गएको टोलीले शब्बीर खाँको घरबाट तीनै जनालाई नियन्त्रणमा लिएको र घटनास्थलबाट गाईको हड्डी र छाला बरामद गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार १६:१५