सुनसरी । कोरोना संक्रमणबाट सुनसरीमा थप तीन जनाको मृत्यु भएको छ । मृतकहरुमा धरान उपमहानगरपालिका–२ का ८९ वर्षीय पुरुष, धरान–१५ का ७० वर्षीय पुरुष र वराहक्षेत्र नगरपालिका–५ का ३७ वर्षीय पुरुष रहेका छन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड-१९ अस्पताल धरान–१५ का ८९ वर्षीय पुरुषको होम आइसोलेसनमा बसेको अवस्थामा सोमबार बिहान घरैमा मृत्यु भएको हो ।
धरान–२ का अर्का वृद्धको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत अवस्थामा आइतबार राति ११ बजे मृत्यु भएको हो । वराह क्षेत्रका पुरुषको सोमबार बिहान ७ बजे विराटनगस्थित नोबेल मेडिकल कलेजमा मृत्यु भएको हो ।
प्रतिष्ठानका प्रवक्ता डा. आशीष श्रेष्ठका अनुसार धरान–२ का वृद्धको स्वाव संकलन गरेर प्रतिष्ठानकै माइक्रोबायोलोजी विभागको प्रयोगशालामा पीसीआर जाँच गर्दा असोज २३ गते कोरोना पोजिटिभ देखिएको थियो । उच्चर क्तचापका दीर्घरोगी ती पुरुषलाई सोही दिन कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
यसैगरी श्वासप्रश्वासमा समस्या भएपछि बराहक्षेत्रका पुरुषलाई शनिबार बीपी प्रतिष्ठानको इमर्जेन्सी कक्षमा पुऱ्याइएको थियो । प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा कोरोना देखिएपछि भेन्टिलेटरसहितको आईसीयूमा राख्न कोभिड अस्पतालमा भर्ना गर्न खोजेपछि बेड अभावले तत्काल विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो ।
दुवै मिर्गौला फेल भएपछि उनी मिर्गाैला प्रत्यारोपण गर्ने तयारीमा रहेका थिए । उनको उपचारकै क्रममा सोमबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
सत्यपाटी ।