सूचनाको शक्ति - The Power Of Information

        

कस्तो रहला आज दिनभरको मौसम?

काठमाडौं । देशभर आइतबारको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने तथा बाँकी भूभागमा आंशिक बदली रहने मौसमविदले बताएका छन्।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आइतबार राति देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ।

देशको पहाडी भूभागका केही स्थानहरुमा हल्का वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

अहिले बिहान देशका अधिकांश भूभागमा आंशिक बदली रहेको छ।

हाल बंगालको खाडीको पूर्वी–मध्य भागमा न्युन चापीय क्षेत्र रहेको र उक्त निम्न चापीय क्षेत्र पश्चिम–उत्तर पश्चिम दिशा तर्फ सर्दै जाने देखिएको मौसमविदले बताएका छन्।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतवार ०७:४३