बाँके । बाँकेमा कोरोना संक्रमणका कारण थप एक जना बृद्ध महिलाको मृत्यु भएको छ । विहीबार राती उनको मृत्यु भए पनि शुक्रवार विहान कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगन्ज उपमहानगरपालिका १ धम्बोझीका ८५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण विहिवार राती ९ बजे मृत्यु भएको थियो ।
योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ । बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले असोज २१ गते स्वास्थ्यमा समस्या देखिएपछि भेरी अस्पताल नेपालगन्जमा भर्ना गरिएकी ति बृद्ध महिलामा असोज २२ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । तर, रिपोर्ट मृत्यु भैसकेपछि शुक्रवार विहान मात्र पोजेटिभ आएको उनले बताए ।
उनले ती महिलाको स्वास्थ्य अवस्था विग्रदै गएकोले उपचारमा विभिन्न विधि अपनाईए पनि अवस्थामा सुधार नआएपछि विहीबार राती मृत्यु भएको बताए । मृतक महिलालाई श्वास प्रश्वासमा समस्या देखिएको पनि भेरी अस्पतालले जनाएको छ । अझै पनि बाँकेका विभिन्न अस्पतालमा २३ जना जति गम्भीर अवस्थाका संक्रमितहरुको उपचार भैरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
सत्यपाटी ।