सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

बाँकेमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु, मृत्यु हुनेको संख्या २२ पुग्यो

प्रतिकात्मक तस्वीर

बाँके । कोरोना संक्रमणबाट बाँकेमा थप एक जनाकाे मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–१ की ८५ वर्षीया पुरुषको भेरी अस्पतालमा मृत्यु भएको हो । योसँगै मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

उपचारका क्रममा २२ गते बेलुका उनको मृत्यु भएको जनस्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । मृत्युपछि उनमा कोरोना संक्रमण पुष्टि भएको उनले बताए । उनलाई उपचारका लागि २१ असोजमा भेरी अस्पतालमा भर्ना गरिएको थियो ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार १०:१४