सूचनाको शक्ति - The Power Of Information

        

१४६ औँ विश्व हुलाक दिवस

प्रविधिको विकाससँगै हुलाक सेवालाई पनि अभिवृद्धि गर्नुपर्छ: प्रधानमन्त्री ओली

हुलाक सेवामा समेत रुपान्तरणको आवश्यकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले विकास भइरहेको सेवाको विस्तार गरेर हुलाक सेवाको प्रभावकारिता अभिवृद्धि गर्नुपर्ने बताउनुभएको छ ।

१४६ औँ विश्व हुलाक दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले सञ्चार क्षेत्रमा भइरहेको परिवर्तनसँगै हुलाक सेवामा समेत रुपान्तरणको आवश्यकता रहेको बताउनुभएको हो ।

नेपालको हुलाक सेवालाई समयानुकूल प्रभावकारी, प्रतिस्पर्धी, आत्मनिर्भर र व्यावसायिक बनाएर नागरिकको माग र चाहनाअनुसार लय मिलाएर काम गर्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले हुलाक सेवा जनस्तरमा सञ्चार सेवा उपलब्ध गराउने संसारकै सबैभन्दा पुरानो र ऐतिहासिक सेवा भएकोले भन्दै यसलाई समयअनुसार रुपान्तरण गरेर अघि बढाउनुपर्ने बताउनुभयो ।

नेपालमा विसं १९३५ सालमा हुलाक घरको स्थापना भएर संस्थागत रुपमा हुलाक सेवा सुरु भएको थियो ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार ०९:०९