सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्रीको सचिवालयका तीन जना कोरोना संक्रमणमुक्त

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल कोरोना भाइरसको सङ्क्रमण मुक्त भएका छन्।

बिहीबार उनको पिसीआर परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

उनलाई गत असोज १७ गते सङ्क्रमण भएको थियो ।

उनीसँगै प्रेस सल्लाहकार सूर्य थापा, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रमुख स्वकीयसचिव इन्द्र भण्डारीलाई सङ्क्रमण भएको थियो । थापा र भट्टराई पनि सङ्क्रमण मुक्त भएका छन्।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार ०९:०४