सूचनाको शक्ति - The Power Of Information

        

कोरोना अपडेट : विश्वभर संक्रमितको संख्या ३ करोड ६४ लाख नाघ्यो

काठमाडौं । विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ करोड ६४ लाख नाघेको छ। शुक्रबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ३ करोड ६४ लाख ३१ हजार २ सय ५१ जना संक्रमित भएको तथ्यांक रहेको छ।

संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ७६ लाख २६ पुगेको छ। त्यस्तै भारतमा ६८ लाख ३५ हजार ६ सय ५५, ब्राजिलमा ५० लाख  २८ हजार ४ सय ४४ र रुसमा १२ लाख ५३ हजार ६ सय ३ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।

त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या १० लाख ६० हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार १० लाख ६० सय ७ सय ७३ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।

अमेरिकामा २ लाख १२ हजार ६ सय ५७,  ब्राजिलमा १ लाख ४८ हजार ९ सय ५७, मेक्सीकोमा  ८३ हजार ९६, बेलायतमा ४२ हजार ६ सय ८२, इटालीमा ३६ हजार ८३ जनाको मृत्यु भएको छ।

विश्वभर दुई करोड ५३ लाख ६४ हजार १ सय २५ जना संक्रमणमुक्त भएका छन्। शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ४४ लाख ८२ हजार ८ सय २२, अमेरिकामा ३० लाख २१ हजार २ सय ५२, रुसमा ९ लाख  ९८ हजार १ सय ९७ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा पनि ९८ हजार ६ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ७१ हजार ३ सय ४३  जना संक्रमणमुक्त भएका छन् भने ५ सय ९० जनाको मृत्यु भएको छ।

भारतमा संक्रमितको संख्या ६८ लाख ३५ हजार ६ सय ५५ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या एक लाख ५ हजार ५ सय २६ पुगेको छ। भारतमा हालसम्म ५८ लाख २७ हजार ७ सय ४ जना  संक्रमित संक्रमणमुक्त भएका छन्।

पाकिस्तानमा हालसम्म ३ लाख १६ हजार ९ सय ३४ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ५ सय ४४ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म ३ लाख २ हजार ३ सय ७५ जना उपचारपछि निको भएका छन्।

बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ लाख ७४ हजार ५ सय ९२ पुगेको छ। बंगलादेशमा हालसम्म ५ हजार ४ सय ६० जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा  २ लाख ८८ हजार ३ सय १६ छ।

अफगानिस्तानमा संक्रमितको संख्या ३९ हजार ६ सय १६ पुगेको छ। अफगानिस्तानमा १ हजार ४ सय ७० जनाको मृत्यु भइसकेको छ भने ३३ हजार ५८ जना उपचारपछि निको भएका छन्।

माल्दिभ्समा संक्रमितको संख्या १० हजार ७ सय ४२ जना रहेको छ। मृत्यु हुनेको संख्या ३४ छ भने उपचारपछि निको हुनेको संख्या ९ हजार ५ सय ८९ पुगेको छ ।

श्रीलंकामा संक्रमितको संख्या ४ हजार ४ सय ८८ जना  रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १३ छ भने निको हुनेको संख्या ३ हजार २ सय ७८ रहेको छ।

भुटानमा संक्रमितको संख्या ३०४ पुगेको छ। उपचारपछि निको हुनेको संख्या २५२ छ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार ०८:४८