सूचनाको शक्ति - The Power Of Information

        

लिबियामा सात भारतीय नागरिक अपहरणमा

काठमाडौं । लिबियामा सात भारतीय नागरिक अपहरणमा परेका छन् ।

लिबियाको तेल प्रशोधन केन्द्रमा कार्यरत ती भारतीय नागरिकहरुलाई भारत फर्कने क्रममा विमानस्थल जाँदै गर्दा लिबियाको अस्वेरिफबाट अपहरण गरिएको हो ।

अपहरण गर्ने व्यक्तिहरुको समूह पहिचान भएको छैन । यसैबीच भारत सरकारले लिबियाली सरकारलाई उनीहरुलाई अपहरण मुक्त गर्न आग्रह गरेको छ ।

भारतीय विदेश मन्त्रालयले एक प्रेस विज्ञप्ती जारी गरी उनीहरुलाई अपहरण मुक्त गर्न लिबियाली सरकारलाई आग्रह गरेको हो ।

भारत सरकारले आफना नागरिकहरुलाई लिबियाको भ्रमण नगर्न सन् २०१५ मा अपील जारी गरेको थियो भने सन् २०१६ मा लिबिया जान प्रतिबन्ध समेत लगाएको थियो ।

अपहरणमा परेका नागरिकहरु आन्द्र प्रदेश, बिहार र गुजरातका रहेका छन् । अपहरणमा परेकाहरुको स्थिति अज्ञात छ । एजेन्सी

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार ०७:४७