सूचनाको शक्ति - The Power Of Information

        

आइपीएलमा हैदराबादको सहज जित, पन्जाब ६९ रनले पराजित

काठमाडौं । सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ ।

दुबईमा जारी १३ औं संस्करण अन्तर्गत गएराति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ६९ रनले पराजित गर्दै हैदराबादले तेस्रो जित निकालेको हो ।

हैदराबादले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको पन्जाब १६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ३२ रनमा समेटियो ।

पन्जाबका लागि निकोलस पुरनले ७७ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर २ सय १ रन बनाएको थियो ।

हैदराबादका लागि ओपनरद्वय जोनी बेयरस्टो र कप्तान डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले । बेयरस्टो ९७ रनको अर्धशतकीय इनिङ्स खेल्दा वार्नरले ५२ रनमा आउट भए ।

जितसँगै हैदराबादले ६ खेलमा ६ अंक जोडेको छ । हैदराबाद तालिकाको तेस्रो स्थानमा समेत उक्लिएको छ । पन्जाबको यो पाँचौ हार हो ।

६ खेलमा २ अंक जोडेको पन्जाब पुछारमा रहेको छ । एजेन्सी

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार ०७:४४