सूचनाको शक्ति - The Power Of Information

        

काेराेना संक्रमित सिद्धार्थनगर ५ का वडा सदस्यकाे मृत्यु

काठमाडौं ।  काेराेना भाइरस संक्रमित रहेका रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडा सदस्य ईन्जिनियर सुवाेध तुलाचनकाे मृत्यु भएकाे छ।

बुधबार राति १०ः५ बजे उनकाे भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएकाे हाे।

कोरोना पुष्टिपछि घरमै आइसाेलेसनमा बसेका उनी एक्कासी बेहोस भएपछि असोज १४ गते अस्पताल भर्ना गरिएको थियो।

उनलाई प्लाज्मा थेरापीबाट पनि उपचार गरिएको अस्पतालका प्रशासन प्रमुख तेज केसीले बताए।

केसीका अनुसार उनमा निमोनिया, रगतमा खराबी, कलेजो पूर्णरुपमा खराब भएकाे थियाे।

४७ वर्षीय तुलाचन नेपाली कांग्रेसका तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार १०:२०