सूचनाको शक्ति - The Power Of Information

        

‘हेर्दाहेर्दै’मा राखिएको वामदेवको मुद्दा आज पनि सुनुवाइ नहुने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष एवम् राष्ट्रिय सभा सदस्य वामदेव गौतम विरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ नहुने भएको छ । उनलाई राष्ट्रिय सभामा मनोनित गरिएपछि गत असोज ५ गते उनीविरुद्ध सर्वोच्चमा रिट परेको थियो ।

हेर्दाहेर्दैमा राखिएको मुद्धा आजको लागी सुनुवाईको मिति तोकिएको थियो । तर कोरोनाको कारण न्यायाधीशहरू आइसोलेसनमा रहेपछि आज हुने भनिएको सुनुवाइ स्थगित भएको जनाइएको छ ।

सर्वोच्चका एक न्यायाधीशसहित केही वकिलहरुमा समेत कोरोना संक्रमण पुष्टि भएकाले त्यसको प्रत्यक्ष असर वामदेवको मुद्धा सुनुवाईमा समेत परेको हो ।

दैनिक ८/९ वटा इजलास बस्‍ने गरेकोमा कोरोना जोखिमका कारण पछिल्लो समय इजलास संख्यामा समेत कटौती गरिएको छ । स्रोतका अनुुुसार बुधवार (आज) का लागि दुईवटा मात्र इजलास तोकिएका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार ११:१६