सूचनाको शक्ति - The Power Of Information

        

टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु

कपिलबस्तु । कपिलवस्तुमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

शिवराज नगरपालिका धर्मनगरमा भएको दुर्घटनामा मोटरसाइकलमा सवार रोल्पाको सुनछहरी खेवाङकी सुनिता बुढामगरको मृत्युु भएको हो ।

चन्द्रौटाबाट कृष्णनगरतर्फ जाँदै गरेको टिप्परले ग १२ प ७१०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा उनको मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताउनुभयो ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार ०९:३७