सूचनाको शक्ति - The Power Of Information

        

चितवन मेडिकल कलेजमा एक जना कोरोना संक्रमितको मृत्यु

चितवन । भरतपुरमा रहेको चितवन मेडिकल कलेजमा मंगलबार साँझ एक जना कोराना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालले निकालेको प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार भरतपुर महानगरपालिका–१० का ६१ वर्षीय पुरुषको मंगलबार साँझ साढे ६ बजे मृत्यु भएको हो । मधुमेह र उच्च रक्तचापको समस्या रहेका उनी सोमबार अस्पताल भर्ना भएका थिए ।

उनमा मंगलबार नै कोरोना पुष्टि भएको थियो । योसँगै चितवनमा कोरोना भाइरस संक्रमण देखिएका ४७ जनाको मृत्यु भएको छ । जसमा चितवनका मात्रै २६ जना छन् ।

अरु मृतकहरु चितवन बाहिर घर भएर उपचारका लागि भरतपुरका विभिन्न अस्पतालमा भर्ना भएकाहरु हुन् ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार ०८:४२