सूचनाको शक्ति - The Power Of Information

        

आईपीएलः मुम्बईद्धारा राजस्थान ५७ रनले पराजित

काठमाडौं । राजस्थान रोयल्सलाई हराउँदै मुम्बइ इन्डियन प्रिमियर लिग (आइपिएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटको शीर्ष स्थानमा फर्किएको छ ।

गएराति भएको जारी सिजनको २० औं खेलमा राजस्थानलाई ५७ रनले पराजित गर्दै मुम्बई शीर्षस्थानमा उक्लिएको हो ।

आईपिएलमा मुम्बईले राजस्थानलाई पाँच वर्षपछि हराएको हो । खेलमा जितका लागि १ सय ९४ रनको बलियो लक्ष्य पछ्याएको राजस्थान १८ ओभर १ बलमा १ सय ३६ रनमै अल आउट भयो ।

राजस्थानका लागि सुरुवाती ब्याट्सम्यान जोस बट्लरले सर्वाधिक ७० रनको योगदान दिएपनि टोलीलाई जिताउन सकेनन् ।

बलिङतर्फ मुम्बईका जसप्रित बुमराहले ४ विकेट लिए । यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९३ रन बनाएको थियो ।

उसका लागि सूर्यकुमार यादव ७९ रनमा अविजित रहे । जितसँगै मुम्बई एण्डीयन्स ६ खेलमा ४ जित र २ हारसहित ८ अंकसतिह तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

५ खेलमा ४ जित र १ हारसहित ८ अंक जोडेको दिल्ली क्यापिटल्स नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ ।

५ खेलबाट ४ अंक जोडेको राजस्थान पुछारबाट दोस्रो स्थानमा रहेको छ । एजेन्सी

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार ०८:०७