काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड राहत अध्यादेशका सन्दर्भमा छलफल स्थगित गर्ने बताउनुभएको छ ।
उहाँले ट्विट गर्दै अब यस सम्बन्धी छलफल चुनाव पछि मात्रै चलाइने पनि उल्लेख गर्नुभएको छ ।
आफुले चुनाब जितेर कडा मेहनत गरिरहेका अमेरिकी नागरिकहरुको कदर गर्ने गरी गज्जबको राहत प्याकेज सम्बन्धी अध्यादेश पारित गर्ने दाबी समेत गर्नुभएको छ ।
यतिखेर डेमोक्रेटहरुसंग राहत बजेट अध्यादेश सम्बन्धी छलफल चलिरहेको थियो ।
डेमोक्रेटका राष्ट्रपतिका उम्मेद्वार जो बाइडेनले ट्रम्प अप्ठेरोमा परेका नागरिकका लागि गर्नुपर्ने दायित्वबाट विमुख भएको टिप्पणी गर्नुभएको छ ।
सत्यपाटी ।