सूचनाको शक्ति - The Power Of Information

        

आजको मौसम पूर्वानुमान : कुन-कुन प्रदेशमा पानी पर्छ ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले बुधबार देशका थोरै ठाउँमा पानी पर्ने पूर्वानुमान गरेको छ । बंगालको खाडी नजिकै बनेको न्युन चापीय क्षेत्रको प्रभावले केही प्रदेशका केही स्थानमा पानी पर्ने पूर्वानुमान महाशाखाले गरेको हो ।

महाशाखाका अनुसार प्रदेश १ का एक दुई ठाउँमा अहिले पानी परिरहेको छ । अन्य क्षेत्रमा भने मौसम खुल्दै गएको छ । महाशाखाका अनुसार बुधबार दिउँसो प्रदेश १, २, बागमती र गण्डकीका एक दुई ठाउँमा पानी पर्ने सम्भावना छ ।

त्यसैगरी अन्य प्रदेशको मौसम सफा नरहे पनि घाम लाग्दै बादल लाग्ने पूर्वानुमान महाशाखाले गरेको छ । महाशाखाका अनुसार बुधबार राति प्रदेश १ का केही स्थानमा हल्का पानी पर्ने र अरु प्रदेशको मौसम सामान्य बदली हुनेछ ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार ०८:०२