सूचनाको शक्ति - The Power Of Information

        

विपी प्रतिष्ठानका सुरक्षा गार्ड नै चोरीमा संलग्न

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुरक्षाका लागि खटिएका सुरक्षा गार्डले नै विमारी कुरुवाको पैसा चोरी गरेका छन् । 

सुनसरी बराहक्षेत्र– २ की दिलकुमारी राईको लेडिज पर्सबाट नगद ४८ हजार चोरी गरेका हुन । उनको आफन्तलाई फिस्टुलाको समस्या भएर प्रतिष्ठान ल्याइएको थियो । अपरेसनका लागि सर्जनरी वार्डको युनिट ३ ब्लकमा राखिएको छ ।

भिआइपी सेक्युरिटीका सो क्षेत्रमा खटिएका धरान– ११ का सुरज श्रेष्ठले विरामीका आफन्तको रकम चोरी गरेको आरोप लागेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।

श्रेष्ठलाई राति नै विमारी कुरुवाको सहयोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार श्रेष्ठले पर्स मोवाइल क–कस्को छ । सुरक्षित राख्नुहोला चोरी भए म जिम्मेवार नहुने भन्दै सचेत गराएका थिए ।

सबै सुतेपछि आरोपी श्रेष्ठले ती महिलाको सिरानीमा राखेको पैसा भएको पर्स निकाली ट्वाइलेटको भेण्टिलेटरबाट पैसा बाहिर निकाली पर्स पुनः सिरानीमा राखिदिएका थिए ।

‘अर्को क्याविनमा बसेका एक जना विमारीका आफन्तले देखेपछि उनलाई नियन्त्रणमा लिइएको थियो । घट्नाबारे अनुसन्धान भइरहेको डिएसपी बस्नेतले जानकारी दिएका छन् ।

प्रतिष्ठानमा उपचारका लागि आउने विरामीका आफन्तहरुले पटक पटक यस्तै प्रकारको चोरी हुने गरेको बताउने गरेका छन् ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलवार ११:५३