काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।
अघिल्लो दिन प्रतितोला ९४ हजार १ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९४ हजार ९ सय रुयैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
यस्तै तेजाबी सुन पनि ८ सयले नै महँगो बनेर प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेर १२ सय रुपैयाँ पुगेको छ ।
सत्यपाटी ।