सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकी डलरको भाउ बढ्यो

काठमाडौं ।  अमेरिकी डलरको भाउ सामान्य बढेको छ । विगत ३ दिनदेखि स्थिर रहेको डलरको भाउ मंगलबार भने बढेको हो ।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५७ पैसा निर्धारण गरेको हो ।

यसअघि सोमबार एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३४ पैसा रहेको थियो ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलवार १०:२९