सूचनाको शक्ति - The Power Of Information

        

कोरोना अपडेट : विश्वभर संक्रमितको संख्या ३ करोड ५३ लाख

काठमाडौं । विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ करोड ५३ लाख नाघेको छ।  मंगलबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ३ करोड ५३ लाख  ९६ हजार ९ सय ८१ जना  संक्रमित भएको तथ्यांक रहेको छ।

संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ७४ लाख ५४ हजार ९ सय ४३ पुगेको छ। त्यस्तै भारतमा ६६ लाख २३ हजार ८ सय १५, ब्राजिलमा ४९ लाख १५ हजार २ सय ८९ र रुसमा १२ लाख १९ हजार ७ सय ९६ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।

त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या १० लाख ४२ हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार १० लाख ४२ सय ६ सय ४५ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।

अमेरिकामा २ लाख १० हजार १ सय ५५,  ब्राजिलमा १ लाख ४६ हजार ३ सय ५२, मेक्सीकोमा  ८१ हजार ८ सय ७७, बेलायतमा ४२ हजार ४ सय ५९, इटालीमा ३६ हजार २ जनाको मृत्यु भएको छ।

विश्वभर दुई करोड ४६ लाख ४२ हजार ३ सय ५६ जना संक्रमणमुक्त भएका छन्। मंगलबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ४३ लाख ७५ हजार ३ सय ५३, अमेरिकामा २९ लाख ३५ हजार ९१, रुसमा ९ लाख  ७८ हजार ६ सय १० जना संक्रमणमुक्त भएका छन्।

नेपालमा पनि ८९ हजार २ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ६५ हजार २ सय २  जना संक्रमणमुक्त भएका छन् भने ५ सय ५४ जनाको मृत्यु भएको छ।

भारतमा संक्रमितको संख्या ६६ लाख २३ हजार ८ सय १५ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या एक लाख २ हजार ६ सय ८५ पुगेको छ। भारतमा हालसम्म ५५ लाख ८६ हजार ७ सय ३ जना  संक्रमित संक्रमणमुक्त भएका छन्।

पाकिस्तानमा हालसम्म ३ लाख १५ हजार २ सय ६० जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ५ सय १७ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ९९ हजार ८ सय ३६ जना उपचारपछि निको भएका छन्।

बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ लाख ७० हजार १ सय ३२ पुगेको छ। बंगलादेशमा हालसम्म ५ हजार ३ सय ७५ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा  २ लाख ८३ हजार १ सय ८२ छ।

अफगानिस्तानमा संक्रमितको संख्या ३९ हजार ४ सय २२ पुगेको छ। अफगानिस्तानमा १ हजार ४ सय ६६ जनाको मृत्यु भइसकेको छ भने ३२ हजार ८ सय ७९ जना उपचारपछि निको भएका छन्।

माल्दिभ्समा संक्रमितको संख्या १० हजार ५ सय ६७ जना रहेको छ। मृत्यु हुनेको संख्या ३४ छ भने उपचारपछि निको हुनेको संख्या ९ हजार ४ सय २७ पुगेको छ ।

श्रीलंकामा संक्रमितको संख्या ३ हजार ५ सय १३ जना  रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १३ छ भने निको हुनेको संख्या ३ हजार २ सय ५९ रहेको छ।

भुटानमा संक्रमितको संख्या २९८ पुगेको छ। उपचारपछि निको हुनेको संख्या २३७ छ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलवार ०८:४१