सूचनाको शक्ति - The Power Of Information

        

रामेछापमा ट्र्याक्टर दुर्घटना : दुई जनाको ज्यान गयाे

रामेछाप । रामेछापमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

दोरम्बाको सानो शैलुङ्गमा ट्र्याक्टर दुर्घटना हुँदा चालक दोरम्बा गाउँपालिका वडा नं ७ का २७ वर्षका पेमा लामा र ५५ वर्षका फुर्वा दोर्जे तामाङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

उहाँका अनुसार काभ्रेको जिरोकिलोबाट डिजेल लिएर रामेछापको दोरम्बा गाउँपालिकाको सानो शैलुङ्गका लागि छुटेको ना ७ त ८७३ नम्बरको ट्र्याक्टर दुर्घटना भएको हो । दुर्घटनाको कारण खुलेको छैन ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलवार ०८:३०