सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश ५ मा नेकपाका सांसद् श्रेष्ठले दिए राजीनामा

बुटवल । रुपन्देहीका सांसद् भोजप्रसाद श्रेष्ठले प्रदेश ५ को कानून मस्यौदा समितिको सभापतिबाट राजीनामा दिएका छन् । पदसँग राजधानी साटेको आरोप लागेको हुँदा उक्त पदबाट राजीनामा दिएको श्रेष्ठले बताएका छन् ।

केही समयअघि सांसद् श्रेष्ठलाई प्रदेश सरकारले प्रदेशसभा सञ्चालन नियमावली मस्यौदा संशोधन समितिको सभापतिमा नियूक्त गरेको थियो । बुटवल २ (क) बाट निर्वाचित श्रेष्ठ तत्कालिन नेकपा एमाले रूपन्देहीका पूर्वजिल्ला अध्यक्ष हुन् ।

उनले सुरूदेखि नै बुटवललाई राजधानी बनाउनुपर्ने लबिङ गर्दै आएका छन् । सोमबार बिहान ७ बजे नेकपा संसदीय दलको बैठक बोलाइएको थियो । तर, उक्त बैठकमा सांसद् श्रेष्ठ सहभागी भएका छैनन् ।

उता उनीलगायत अधिकांश सांसदहरु अनुपस्थित रहेपछि बैठक नै अनिश्चित बनेको छ । करिब १ बजेसम्म नेकपाका ६१ जना सांसदमध्ये २० मात्रै संसदीय दलको कार्यालयमा पुगेको बताइएको छ । संसदीय दलको कार्यालयमा नपुग्नेमा मुख्यमन्त्री शंकर पोखरेल, प्रमुख सचेतक भूमिश्वर ढकालसहित ४१ जना सांसद अनुपस्थित छन् ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार ११:२०