सूचनाको शक्ति - The Power Of Information

        

गुल्मीमा ट्याक्टर दुर्घटना : एकको मृत्यु, दुई घाइते

गुल्मी । गुल्मीरबार गाउँपालिकामा ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्।

सोमबार बिहान करिब ६ बजे गुल्मीदरबार–१ बलिथुम टापुबाट मजुवातर्फ जाँदै गरेको लु ४ त २८३३ नम्बरको ट्याक्टर दुर्घटना भएको हो।

दुर्घटनामा सोही ठाउँका १५ वर्षीय धनबहादुर माझीको घटनास्थलमै मत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए।

यस्तै‚ ट्याक्टर चालक कपिलवस्तु घर भएका ३० वर्षीय रेशम ताम्राकार र गुल्मीदरबार–१ का १५ वर्षीय लालबहादुर बुढा मगर घाइते भएका छन्। ताम्राकार र मगर दुवैको ढाडमा चोट लागेको र उपचारका लागि मजुवा पठाइएको पन्थले जानकारी दिए।

घाइतेहरुको अवस्था भने सामान्य रहेको छ। प्रहरी नायब उपरीक्षक पन्थका अनुसार ट्याक्टर अनियन्त्रित भएर सडकभन्दा करिब २५ मिटर तल खसेको छ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार ०८:४४