सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकामा थप ३४ हजार जनामा कोरोना संक्रमण

काठमाडौं । अमेरिकामा थप ३४ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ३४ हजार ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ७६ लाख ३६ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ४८ लाख ४९ हजार ३८ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २५ लाख ७३ हजार २६३ जनामध्ये १४ हजार १९८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख १४ हजार नाघेको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार शुक्रबार थप ३३२ जनाको मृत्यु भएसँगै अमेरिकामा मृतक संख्या २ लाख १४ हजार ६११ पुगेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार ०८:३८