सूचनाको शक्ति - The Power Of Information

        

देशभर कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ पुग्यो

बाँके । देशभर कोरोना निको हुनेको संख्या ६४ हजार ६९ पुगेको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा १ हजार ३२९ जना निको भएको जानकारी दिए । यससँगै देशभर निको हुनेको संख्या ६४ हजार ६९ पुगेको गौतमले बताए ।

हाल कोरोना संक्रमितको कुल संख्या ८६,८२३ पुगेको छ । आजमात्रै देशभर थप २२५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको गौतमले जानकारी दिए । उनले आज देशभर सक्रिय संक्रमित २२ हजार २१९ रहेको बताए । जसमा संस्थागत आइसोलेसनमा १० हजार ३२६ र होम आइसोलेसनमा ११ हजार ८९३ जना रहेका छन् ।

यस्तै बितेको २४ घण्टामा काठमाडौं उपत्यकमा १५९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १३७३, ललितपुरमा १८७ र भक्तपुरमा ३९ गरी कुल १५९९ जनामा संक्तमण पुष्टि भएको हो । यसैबीच हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतवार १६:५३