आज एकदमै नराम्रो महसुस भइरहेको छ । धैरै मेहनत गरेर पढे, परीक्षामा सबै हल गरे नि नतिजा असफल भएको जस्तो भइरहेको छ । किनकी आफू कोरोना पोजेटिभ भएर भर्ना हुँदा पनि उहाँलाई देखिसकेपछि आफ्नो दुखाई बिर्सिएर उपचारमा खटिएर उहाँको स्वास्थ्य उपचारको हेरचाहमा लागिरहेको थिए ।
उहाँको स्वास्थ्य उपचारमा कुनै कमी हुन दिएका थिएनौं । तर, भगवानले हामीले गरेको देखेनन्, आएर टप्प टिपेर लिए । हामी स्वास्थ्यकर्मीको टीमले धेरै कोशिष गर्नुभयो । डा.हरि सरले भन्ने गर्नुहुन्थ्यो, ‘यदी म बाँचे भने यो फोटोहरु हेर्दा म त लक्की हुन्छु होला, अनि नमूना केश बन्छु होला है ।’ तर, उहाँको इच्छा पुरा भएन ।
तपाईका प्रत्येक शब्दहरु अहिले एकदमै सम्झिरहेको छु । उहाँको आत्मबल १०० प्रतिशत नै थियो । त्यतिबेला उहाँको त्यो आत्मबल र स्वास्थ्य अवस्था देखेर हामी निकै खुशी र प्रफुल्लित हुन्थ्यौ । यतिधेरै दिन उहाँको उपचारमा कुनै कमी हुन दिएनौं । तर, त्यो अन्तिम क्षणमा सँगै हुन सकेनौं ।
भन्न त भन्नुभएको थियो, ‘एक दिनको लागि यही बस ।’ मलाई के थाहा उहाँलाई यस्तो हुन्छ भन्ने ? सायद हजुरको मनमा म सँगै भए हुन्थ्यो भन्ने थियो कि जस्तो लाग्छ । मलाई आज आफ्नो परिवारको सदस्यमध्ये कोही मसँग नभएको जस्तो लागिरहेको छ ।
जिन्दगीको यतिधेरै नराम्रो क्षण थियो आज, तर हामी साँच्चै भाग्यमानी थियौं तपाईको सेवा गर्न पाउँदा । यदी हजुर रिफर भएर अर्को अस्पतालमा गएको भए हामी तपाईको हेरचाह गर्न पाउने थिएनौं होला, जति भेरी अस्पतालमा भयो । तपाईको स्वास्थ्यमा सुधार हुँदा हामी निकै प्रफुल्लित हुन्थ्यौं ।
मलाई यस्तो गर, मलाई यस्तो औषधि देउ, तपाईले भनेका यस्तै यस्तै शब्दहरुले अहिले पनि मन मस्तिष्कलाई घोचिरहेका छन् । हामी अहिले भावविव्हल हुँदै एकदमै दुखद् क्षणमा गुज्रिरहेका छौं । हजुरले भन्नुहुन्थ्यो, तिमीहरुले मेरो शतप्रतिशत हेरचाह गरिरहेका छौं । हामीले धेरै कोशिष गर्दा पनि हजुरलाई बचाउन सकेनौं ।
तपाईँको हेरचाहमा खटिएका हाम्रो टीमका सदस्यहरुलाई तपाईले गर्ने माया र स्नेहले हमी निकै खुशी हुन्थ्यौं । यी सबै कुरा अबदेखि हाम्रो जीवनका सम्झनाहरुमा मात्र बाँकी रहनेछन् । तपाईको आत्मले शान्ति पाओस्, जहाँ भए पनि खुशी हुनु, सँधै हामीलाई आशिष दिनुहोला । अलविदा डा. हरि सापकोटा ।।
(लेखकको फेसबुकबाट)
प्रिती खड्का, नर्स ।