सूचनाको शक्ति - The Power Of Information

        

भरतपुर अस्पतालको भेन्टिलेटरमा उपचाररत् कोरोना संक्रमित वृद्धको मृत्यु

चितवन ।  चितवन मेडिकल कलेजले भरतपुर अस्पतालमा रिफर गरेको कोरोना संक्रमित वृद्धको बिहीबार विहान उपचारका क्रममा मृत्यु भएको छ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका न्यूरेनी बस्ने ७८ वर्षीय वृद्धको उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए।

बुधबार राति १० बजे चितवन मेडिकल कलेजले कोरोना संक्रमित ती वृद्धलाई भरतपुर अस्पताल रिफर गरेको थियो। श्वासप्रश्वासमा जटिल समस्या र निमोनियासमेत देखिएका उनलाई बुधबार राती कोभिड आइसीयूमा भर्ना गरिएको थियो।

स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो। अस्पतालले ती वृद्धको कोभिड निमोनियाका कारण मृत्यु भएको जनाएको छ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार ०९:३५