सूचनाको शक्ति - The Power Of Information

        

च्याम्पियन्स लिग फुटबलको ‘ड्र’ सार्वजनिक, बार्सिलोना र युभेन्ट्स एकै समूहमा

काठमाडौं ।  सन् २०२०-२१ को सिजनको युरोपियन च्याम्पियन्स लिग फुटबलको ड्र सार्वजनिक भएको छ । स्वीट्जरल्यान्डको जेनेभामा गएराति सम्पन्‍न भएको कार्यक्रममा टिमहरुको समूह विभाजन गरिएको हो ।

रोमाञ्‍चक देखिएको ड्र मा इटालियन महारथी युभेन्ट्स र स्पेनिस क्लब बार्सिलोना एकै समूहमा परेका छन् । अब विश्‍व फुटबलका दुई स्टार क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीलाई लामो समयपछि एकअर्काविरुद्ध खेलेको देख्‍न पाइने भएको छ ।

त्यसैगरी म्यान्चेस्टर युनाइटेड र पिएसजी पनि एकै समूहमा छन् भने रियल मड्रिड र इन्टर मिलान पनि एकै समूहमा छन् ।

यस संस्करणको च्याम्पियन्स लिग फुटबल आगामी अक्टोबर २० देखि सुरु हुनेछ भने फाइनल सन् २०२१ को मे २९ तारिखमा टर्कीको इस्तानबुलमा खेलिनेछ ।

हेर्नुस् पूरा ड्र:

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार ०८:२०