सूचनाको शक्ति - The Power Of Information

        

रुपन्देहीमा होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको मृत्यु

रुपन्देही । कोारोना भाइरसको संक्रमणबाट रुपन्देहीमा  थप एक पुरुषको मृत्यु भएको छ ।

असोज ११ गते कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका रुपन्देहीको सैनामैना ७ रामापुरका ६० वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको हो।

रुपन्देहीको सैनामैना ७ रामापुरका उनलाई होम आइसोलेसनमा गाह्रो भएपछि असोज १३ गते अस्पताल भर्ना गरिएको थियो । २ दिनदेखि भेन्टिलेटरमा राखेर उनको उपचार रहेको थियो ।

उपचारका क्रममा भेन्टिलेटरमै उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले बताए ।

योसँगै अस्पतालमा मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार ०७:४३