सूचनाको शक्ति - The Power Of Information

        

पपुवा न्यूगिनीमा ६.१ म्याग्नीच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी

काठमाडौं । पपुवा न्यूगिनीमा ६ दशमलब १ म्याग्नीच्युडको भूकम्प आएको छ ।

विहीबार साँझ यति ठूलो भूकम्प आएको अधिकारीहरुले जानकारी दिएका हुन् ।

पपुवा न्यूगिनीको राष्ट्रिय भूकम्प केन्द्रले ९० किलोमिटर गहिराइबाट भूकम्प आएको जानकारी दिएको छ ।

भूकम्पका कारण कुनै मानवीय वा भौतिक क्षतिको विवरण भने अहिलेसम्म प्राप्त नभएको समाचारमा जनाइएको छ ।

अत्याधिक धेरै भूकम्प गइरहने भएकाले पपुवा न्यूगिनीलाई “रिङ अफ फायर” पनि भन्ने गरिन्छ ।

यस्तै हिजै दिउँसो प्रशान्त महासागरीय द्वीपीय राष्ट्र टोङ्गाको नजिकै समुद्री क्षेत्रमा पनि ६ दशमलब ४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको थियो ।एजेन्सी

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार ०७:४०