सूचनाको शक्ति - The Power Of Information

        

आइपीएलः मुम्बई इन्डियन्सले हरायो इलेभेन पन्जाबलाई

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्सले किङ्स इलेभेन पन्जावलाई हराएको छ ।

गएराति भएको खेलमा पञ्जावलाई ४८ रनले हराउदै मुम्बईले जारी प्रतियोगितामा दोस्रो जित निकालेको हो । पन्जावको भने यो लगातार तेस्रो हार हो ।

युएईको आबुधावी स्थित शेख जायद क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा चार विकेट गुमाउएर १ सय ९१ रन बनायो ।

उसका लागि कप्तान रोहित शर्माले ७० रन बनाए । यसैगरी कायरन पोलार्डले ४७ रन बनाउँदा हार्दिक पाण्ड्याले ३० रन जोडे ।

जवाफमा पञ्जावले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन मात्रै बनाउन सक्यो । उसका लागि निकोलस पुरनले ४४ रन जोड्नुबाहेक अन्य कुनैपनि ब्याट्सम्यान चल्न सकेनन् ।

जितसँगै मुम्बइ ४ खेलबाट ४ अंक जोड्दै आईपिएल अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको दिल्लीको पनि ४ अंक नैं छ ।

आईपिएल क्रिकेटमा आज चेन्नाई सुपर किङ्स र सनराईजर्स हैदरावाद भिड्नेछन् ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार ०७:३८