सूचनाको शक्ति - The Power Of Information

        

१८ वर्षपछि पक्राउ परे जबरजस्ती करणी मुद्धाका फरार अभियुक्त

महेन्द्रनगर । कञ्चनपुर प्रहरीले जबरजस्ती करणी मुद्धामा एक फरार अभियुक्तलाई १८ वर्ष पछि पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्धामा फरार पुनर्वास नगरपालिका–३ का ३७ वर्षीय जोगी धामीलाई प्रहरीले १८ वर्ष पछि नियन्त्रणमा लिएको हो ।

२०५९ साल जेठ २५ गतेदेखि फरार रहेका धामीलाई उनको घरबाटै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमर थापाले जानकारी दिए । जिल्ला अदालत कञ्चनपुरले जबरजस्ती करणी मुद्धामा धामीलाई ६ वर्ष कैद सजाय तोकेको थियो ।

यस्तै जबरजस्ती करणी मुद्धामा नै २०७३ साल साउन २३ गतेदेखि फरार प्रतिवादी पनि नियन्त्रणमा लिइएको डिएसपी थापाले बताए । जिल्लाको बेलौरी नगरपालिका–२ का २७ वर्षीय ज्ञानसिंह रानालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेको दुवै फरार प्रतिवादीलाई कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार ०९:१४