सूचनाको शक्ति - The Power Of Information

        

बुटवलको कोरोना विशेष अस्पतालमा थप एक पुरुषको मृत्यु

काठमाडौं ।  बुटवलको कोरोना विशेष अस्पतालमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका वार्ड १० का ८० बर्षीय पुरुषको मृत्यु भएको कोरोना अस्पतालमा फोकल पर्शन डा. शुर्दशन थापाले  बताए ।

असोज १२ गते कोरोना पोजेटिभ देखीएका उनलाई हिजो साझँ ७ बजे कोरोना अस्पस्पतलमा भर्ना गरिएको थियो । उपचार गर्दागर्दा राति मृत्यु भएको डाक्टर थापाले बताए । उनलाई मुटु र प्रेसर रोगको पनि समस्या पनि थियो ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार १२:४५