सूचनाको शक्ति - The Power Of Information

        

अपराध

कस्ता ब्यक्तिले गर्न सक्छन् बलात्कार ?

पछिल्लो समय हत्या, हिंसा, बलात्कारजस्ता जघन्य अपराधका घटनाहरु दिनानुदिन बढ्दै गइरहेका छन् । भखरै मात्र बझाङको मष्टा गाउँपालिका–२ की १२ वर्षीय बालिका सम्झना कामीको बलत्कार पछि हत्या भयो । कोरोनाको कहर र लकडाउनको बिचमा पनि यौन हिंसा, बलत्कारका घटनाहरु बढेर गएको देखिन्छ । यस्ता घटनाहरु किन हुन्छन ? यसका पछाडीको मनोबैज्ञानिक कारणहरु के के हुन सक्छन् :

असामाजिक ब्यक्तित्व – जसलाई साइकोपाथ भनेर पनि भनिन्छ । यस्तो ब्यक्तित्वसँग सम्बन्धित मानसिक रोग लागेका ब्यक्तिहरुले आफ्नो घरपरिवार र समाजमा जो सुकैलाई पनि दुख दिने, सानो सानो कुरामा पनि ठूलो बदला लिन खोज्ने, हत्या बलत्कार गर्न समेत पछि नपर्ने आदि जस्ता कानुनले बर्जित गरेका जघन्य अपराध गर्न पछि पर्दैनन् ।

यौनको लत – यौनको लत लागेका ब्यक्तिहरु यौनप्रति अति नै आशक्त हुन्छन् । कति गर्दा पनि उनीहरुमा यौनको प्यास मेटिँदैन । यस्तो यौन समस्या भएका ब्यक्तिहरुले यौनको तिर्खा मेटन आफन्त पनि नभन्न सक्छन् ।

अप्राकृतिक यौन व्यवहार – जसले यौनलाई सम्भोगको रुपमा भन्दा स्खलनको माध्यम बनाउँछ, यस्ता ब्यक्तिले अरुको भावना बुझ्न सक्दैनन् र स्वाभाविक यौन व्यवहार गर्न पनि जान्दैनन् । यस्ता ब्यक्तिले बलात्कार गर्ने पनि सम्भावना हुन्छ ।

नैतिक पतन – नैतिकरुपमा पतन भएका ब्यक्तिले पशुभन्दा तल्लो ब्यवहार गर्न सक्छन् । यस्ता नैतिकरुपमा पतन भएका ब्यक्तिबाट आफन्त पनि बलात्कारको सिकार हुन सक्छन् ।
यौन कुण्ठा – अबैवाहिक, श्रीमतिबाट यौन सन्तुष्टि लिन नसक्ने, यौनकुण्ठाले भरिएको ब्यक्तिले पनि बलात्कार गर्न सक्छ ।

लागुपदार्थको सेवन – यसको सेवन गर्दा ब्यक्तिले बिवेक र चेतना गुमाउन सक्छ र बलत्कार गर्न पुग्छ ।

प्रोनोग्राफी र साइबर सेक्सको लत – प्रोनोग्राफीमा बाबुले छोरीसँग यौन सम्पर्क, दाजुले बहिनिसँग शारीरिक सम्बन्ध, आदिजस्ता हिंश्रकका अस्लिल भिडियो धेरै भेटिन्छन् । यस्ता कुरा धेरै हेर्न तथा यी कुराको लत भएको ब्यक्ति नैतिकरुपमा पतन भएर हाडनाता करणी गर्नसक्छ ।

मानसिक रोग – मेनियाजस्तो कडा मानसिक रोग लागेको ब्यक्ति सधैं उत्तेजित हुन्छ । उसको व्यवहार र विचार पनि अब्यवहारिक र अनौठो किसिमको हुन्छ । झट्ट हेर्दा उ रोगीजस्तो नि देखिँदैन । उसको शरीरमा शक्ति पनि बढेर आउँछ । यौनको आवेग पनि तीव्र हुन्छ । जसलाई उ नियन्त्रण गर्न सक्दैन र बलात्कार पनि गर्न सक्छ ।

शारीरिक कारण – शरीरमा सेक्स हर्मन बढ्दा यौन चाहना बढ्न गई आफुलाई यौन अनुशासनमा राख्न नसक्दा पनि बलात्कारका घटना हुन पुग्छ ।

अतिविश्वास गर्नु – घरपरिवारका सदस्यबीच चाहिनेभन्दा बढी घनिष्टता, अतिविश्वास र नाता अनुसारको व्यवहार र अनुशासनमा बस्न नसक्दा पनि आफन्तबीच नै करणीका घटना हुन सक्छन् ।

मनोवैज्ञानिक असर – सानोमा यौन दुर्व्यवहारमा परेको ब्यक्ति पनि पछि गएर यौन अपराधी हुन सक्छ ।

यौन अनुशासन नहुनु – सानैबाट यौन अनुशासन नभएको, पतित, बिखण्डित, अनुशासनहिन, चरित्रहिन घरपरिवार र समाजमा हुर्केको बच्चा पनि पछि गएर यौनमा विचलिन हुन सक्छ ।

यी र यस्ता अन्य धेरै यौन समस्या (बिचलन), मानसिक एवं मनोवैज्ञानिक समस्याका कारण आफन्तले नै आफन्तलाई जबरजस्ती करणी गर्न सक्छ । यस्ता ब्यक्तिलाई मानसिकरुपमा स्वस्थ ब्यक्ति मान्न सकिँदैन । किनकि मानसिकरुपमा स्वस्थ ब्यक्तिले समाजले स्वीकारेको मात्र काम गर्छ । काम गर्नुअघि परिणामको बारेमा सोच्छ । के ठिक के बेठिक छुट्टाउन सक्छ । आफ्नो आवेगलाई नियन्त्रण गर्न सक्छ । सामाजिक मूल्य मान्यताको सम्मान गर्छ । यी र यस्ता गुण नभएको ब्यक्ति मानसिक स्बास्थ्यका हिसाबले रोगी मानिन्छ ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार १५:२६