सूचनाको शक्ति - The Power Of Information

        

सामाजिक अपराध

बलात्कार ! बलात्कार ! बलात्कार ! बलात्कार !

हरेक दिन कुनै न कुनै ठाउँमा बलात्कारको घटना घटेको हुन्छ । यहां मैले चार वटा बलात्कारका क्रुर घटनाकी पीडिताहरुको बारे चर्चा गर्न आवश्यक ठानेकी छु । बझाङकी १२ वर्षीया बालिका, निर्मला पन्त, मनिषा बाल्मिकी र आसिफा ।

यी चारै बालिका आफ्नो जीवनमा पुतली सरह उड्न चाहन्थिन् आफ्नो क्षमता र दक्षता अनुसार समाजमा रंग र सुगन्ध छर्न चाहन्थिन् । तर निष्ठुरी पापीहरुले यिनका सपना चकनाचूर गरिदिए । दिनदिनै बलात्कारको घटना बढ्नुको प्रमुख चार कारण हुन् यसमा दुई मतै छैन ।

पहिलो कुरा राज्यले बलात्कारीहरुको लागि कडा कानून बनाउन सकेको छैन ।

दोस्रो कुरा भएका कानून पनि यति फितलो छ कि बलात्कारीहरु सहजै उन्मुक्ति पाइहाल्छन् ।

तेस्रो कुरा बलात्कारीहरुलाई छुटाउन राजनीतिकरण हुनु र राजनैतिक हस्तक्षेप हुनु हो ।

चौथो कुरा यस्ता घृणित अपराधीहरुको पक्षमा कानूनी लडाइ लड्न तयार हुने ती नैतिकता गुमाएका वकिलहरु हुन् । जसले कहिले यी पीडिताहरुलाई आफ्नो छोरी बहिनीको ठाउँमा राखेर हेर्दैनन् । मात्र सम्पति र मोटो रकमको मोहमा यस्ता अपराधीहरुको पक्षबाट वकालत गरी बलात्कारजस्तो अपराधलाई बढावा दिँदैछन् ।

यही कारण हो कि आज वास्तविक पीडितले न्याय पाइरहेका छैनन् । बरु वैवाहिक बलात्कारको झूठो आरोप लगाउने महिलाहरु आफ्नो पति र उसको परिवारलाई दुख दिने गरेका छन् । अब बलात्कारीलाई कडा सजाय हुन अदालतमार्फत नभइ पीडित र पीडितका परिवारलाई सन्तोष हुने गरी जनअदालतमार्फत बलात्कारीहरुलाई सजाय दिने व्यवस्था गर्न कानून बनाइयोस् ।

अनिमात्र वास्तविक बलात्कार पीडितहरुले न्याय पाउने छन् र यस्ता क्रुर र घृणित अपराध दोहोरिदैनन् । अरुको लहलहैमा लागि आफ्नै पतिमाथि सम्पत्तीको मोहमा बलात्कारको फर्जी मुद्दा लगाएर मोटो रकम असूल गर्ने महिलाहरु पनि कानूनी सजायस्वरुप अंशसहित कहिले विवाह गर्न नपाउने व्यवस्था गरियोस् ।

https://www.facebook.com/tamanna.shah.71/posts/3365921553453901 

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार १३:२१