सूचनाको शक्ति - The Power Of Information

        

म्युजिक भिडियोका बादशाह सीतारामको सुन्दरीको मोह

काठमाडौं । नेपाली म्युजिक भिडियोका बादशाह मानिएका गायक सीताराम पोखरेलले २५ वटाभन्दा भिडियो निर्माण गरिसकेका छन् । पछिल्लो समयमा गायक पोखरेलको विलकुलै नयाँ गीतको भिडियो तयार भएको छ । ‘मनको मैलो मेटिदेउ…दिलको दैलो खोली देउ’ बोलको सन्देशमूलक गीतको भिडियो निर्माण भएको हो ।

नेपाली फिल्मी स्टार क्वीन रिमा विश्वकर्माको मेन लिड रोल रहेको भिडियोमा रिमाको श्रीमानको रोलमा गायक सीताराम पोखरेलले नै अभिनय गरेका छन् । साथमा सीताराम र रिमाको छोरीको रोलमा टिकटक भाइरल क्वीन बाल कलाकार आयुषी ढकालको पनि अभिनय रहेको छ । साथमा बेली डान्सर हेमा श्रेष्ठको पनि गजबको पासिङ सट रहेको छ ।

म्युजिक भिडियोको इतिहासमा प्रथम मिस नेपाल रुवी राणादेखि त्यसपछिका मिस नेपालहरुलाई पनि आफ्ना गीतका म्युजिक भिडियोमा अभिनय गराएर थप चर्चा दिलाएका गायक सीताराम पोखरेल केही बर्षयता नेपाली फिल्मी नायिकाहरुलाई अभिनय गराउने कार्यमा पनि पछि परेका छैनन् । यसक्रममा पछिल्लो भिडियोमा सवैको स्वप्न सुन्दरी नायिका रिमा विश्वकर्मालाई ल्याएर न्यू–लुक्स दिएका छन् ।

यसअर्थमा पनि गायक सीताराम पोखरेललाई यस गीतका भिडियो निर्देशक समन अधिकारी लगायतले म्युजिक भिडियोका बादशाह भन्न पछि नपरेका हुन् । हेमन्त खतिवडाको गीत तथा सञ्जय हमालले संगीत रहेको गीतमा बैदेशिक रोजगारीको विषयलाई विशेष उत्थान गरिएको छ । पारिवारीक कथामा आधारित मर्मस्पशी यो गीतको भिडियो चाँडै विश्वव्यापी रिलिज गर्ने क्रममा हाल आफू रहेको जानकारी पनि गायक पोखरेलले बताएका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार ०७:५८