सूचनाको शक्ति - The Power Of Information

        

नेपालमा २५ प्रतिशत नागरिक मुटुरोगी

काठमाडौं । नेपालमा झण्डै ७५ लाख व्यक्तिलाई मुटुजन्य कुनै न कुनै समस्या भएको पाइएको छ । जसमध्ये बयस्क व्यक्तिमा उच्च रक्तचाप (प्रेसर)को समस्या देखिएको छ । बरिष्ठ मुटुरोग विशेषज्ञ डा.प्रकाशराज रेग्मीका अनुसार, ९० प्रतिशत नेपालीले मुटु मैत्री खाना खाँदैनन् । जसका कारण पनि मुटुजन्य समस्या बढिरहेको छ ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठानका अनुसार, नेपालको कुल जनसख्ंयाको २५ अर्थात करिव ७५ लाख नागरिक मुटुरोगी भएको अनुमान गरिएको छ । नेपालमा करिब ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप छ । जसमध्ये २० प्रतिशतलाई कोलेस्टेरोल छ भने १० प्रतिशतलाइ प्रतिशतलाई मधुमेह छ ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा.उत्तमकृष्ण श्रेष्ठ शारीरिक व्यायाम नगर्ने र खानपानमा पनि लापरवाही गर्ने व्यक्तिहरुमा मुटुको समस्या बढ्दै गएको बताउँछन् । मुटुका बिरामीहरु बढ्नुको मुख्य कारण नै अस्वस्थ जीवनशैली र खानपान हो ।

प्रतिष्ठानमा महासचिव समेत रहेका मुटुरोग विशेषज्ञ डा.रेग्मी भन्छन्, ‘९० प्रतिशत नेपालीले मुटु मैत्रीखाना खाँदैनन् । करिब ५० प्रतिशत सहरिया नेपालीले आवश्यक व्यायाम गर्दैनन् । ४० प्रतिशतले चुरोट, सुर्ती सेवन गर्छन् । धेरै नेपालीलाई मानसिक तनाव छ । यसले पनि मुटुरोगीको संख्या बढाइरहेको छ ।’ अधिकांशको खानामा अत्याधिक चिल्लो, गुलियो र नुनको मात्रा बढीे हुने गरेको छ ।

हरियो सागपात, फलपूmल कम खाने बानी बसेको छ । मद्यपान एवं धूमपानको सेवन वृद्धि भइरहेको छ । ‘धेरेैेको मदिरा पिउने बानी छ । व्यायाम गर्ने बानी छैन । मुटुरोगबाट बच्ने सबैभन्दा सरल र उत्तम उपाय नै अस्वस्थकर जीवनशैलीलाई स्वस्थकर बनाउने हो । मुटु जोगाउन मन लगाउनु पर्छ । मन लगाउने भनेको तन, मन, धन, विवेक, बुद्धि आदि सबैको प्रयोग गरेर मुटु बचाउने हो,’ डा.रेग्मीले भने ।

विश्वमा बर्षेनी १ करोड ८० लाख मानिस मुटु रोगका कारण मर्ने गर्छन् । यस मध्ये विकासोन्मुख राष्ट्रमा मुटु रोगबाट मर्नेहको संख्या ८० प्रतिशतभन्दा बढी पर्न आउँछ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार सन् २०३० सम्ममा मुटु रोगबाट विश्वभर मर्नेको संख्या वर्षेनी २ करोड ५० लाख पुग्ने अनुमान छ ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलवार १२:५२