सूचनाको शक्ति - The Power Of Information

        

पर्सामा थप २४ जनामा कोरोना संक्रमण

पर्सा । पर्सामा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राती गरिएको परीक्षणमा पर्साका थप २४ जनामा संक्रमण पुष्टि भएको  अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिए ।

उनका अनुसारमा सोमबार राती १९२ जनाको स्वाब परीक्षण गर्दा पर्साका १ महिलासहित २४ जना र बाराका १ जना गरी २५ जनामा संक्रमण भेटिएको हो ।

उनीहरुको उमेर समूह १८ वर्षदेखि ७० वर्षसम्मको र संक्रमण सार्न सक्ने क्षमता अर्थात सिटी भ्यालु १८ देखि ३४ रहेको पनि प्रवत्ता डाक्टर चौरसियाले बताए ।

पर्सामा थपिएका २४ जनामध्ये वीरगन्ज महानगरपालिका ३२ का ८ जना, वडा नम्बर २१ का ५ जना र कालिकामाई गाउँपालिकाका ५ जना रहेका छन् ।

त्यसैगरी वीरगन्ज महानगरपालिकाकै २९ का २ जना, १५ र  १६ का १/१ जना, ठोरी गाउँपालिका ५  सुवर्णपुरका १ जना र वीरगन्जको एभरेष्ट बैंकमा कार्यरत १ जना कर्मचारीमा पनि संक्रमण भेटिएको प्रवक्ता चौरसीयाले जानकारी दिए ।

यस्तै बाराको महागढीमाई नगरपालिका ७ का एकजनामा पनि कोरोना संक्रमण भेटिएको डाक्टर चौरसियाले बताए । २४ जना थपिएसँगै पर्सामा संक्रमितको संख्या २ हजार ७ सय ३४ पुगेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलवार ११:२३