सूचनाको शक्ति - The Power Of Information

        

आईपीएल: रोयल च्यालेन्जर्स बैंगलोरले सुपर ओभरमा मुम्बई इन्डियन्सलाई हरायो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ ।

काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ ।

दुबईमा गएराति भएको खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गर्दै बैंगलोरले दोस्रो जित निकालेको हो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बैंगलोरले दिएको २ सय २ रनको लक्ष्यसहित ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा मुम्बईले १ विकेट गुमाएर ७ रन बनायो । बैंगलोरले बिना विकेटको क्षति ११ रन बनायो ।

सुपर ओभर अघि मुम्बईका लागि इशान किशनले ९९ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ३ विकेट गुमाएर २ सय १ रन बनाएको थियो । जितसँगै बैंगलोरले ३ खेलमा ४ अंक जोडेको छ ।

बैंगलोर तेस्रो स्थानमा उक्लिएको छ । बैंगलोरले पहिलो खेलमा सनराईजर्स हैदराबादलाई १० रनले हराएको थियो ।

दोस्रो खेलमा भने बैंगलोर किङ्ग इलाभेन पन्जाबसँग ९७ रनले पराजित भएको थियो । मुम्बईको यो दोस्रो हार हो ।

मुम्बईले ३ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा मुम्बई चेन्नई सुपर किङ्ससँग ५ विकेटले पराजित भएको थियो ।

तर, दोस्रो खेलमा मुम्बईले कोलकत्ता नाइट राईडर्सलाई ४९ रनले हराएको थियो ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलवार ०७:३१