सूचनाको शक्ति - The Power Of Information

        

मन्त्री बन्न नेताहरुको चर्चा र चलखेल

नयाँ मन्त्रीमण्डलमा गजेन्द्रबहादुर महतको इन्ट्री !

जुम्ला । जुम्ला निर्वाचन क्षेत्र क र ख बाट विजयी भएर संघीय सभाका सांसद्र रहेका गजेन्द्रबहादुर महतलाई नेकपाले गर्न लागेको नयाँ मन्त्रीमण्डलमा महत मन्त्री किन ? हुन त नयाँ मन्त्रीमण्डल विस्तार गर्न तत्कालिन एमाले र माओवादीभित्रका भागबण्डाबाट हुने गरेको इतिहास हामीमाझ छ । तत्कालिन नेकपा माओवादी केन्द्रतर्फका नेता महत पार्टीको जिल्लादेखि केन्द्रसम्म राजनीतिक वित्तमा महत्वपूर्ण भूमिका खेलेका नेताभित्र पर्छन् महत ।

केन्द्रमा रहेर सक्रिय हुने राजनीतिक नेतृत्वको चर्चा र चलखेल त भइरहन्छ । पहिलो पटक सांसद् भएर संघीय सभामा छिरेका महत कर्णालीका जनताले भोकेका समस्यादेखि राज्यले गर्न लागेका ठुला विकासे निमार्णमा कर्णाली सधैं किन पछाडी विषयवस्तुमा केन्द्रीत भई सांसद सभाभित्र चर्को आवज भएर कर्णालीका जनताको समस्या यो देश सञ्चालन गरेका ठुला नेतासम्म पुर्याउँथे । यी सबै महतको आवाज यहाँका सञ्चारमाध्यममा पनि उनीहरु नै छाउनु अस्वाभाविक होइन ।

सडकदेखि सदनसम्म बोल्दा यो सरकारको कडा आलोचकको छवि बनाएका पात्र हुन गजेन्द्र महत । जनयुद्धको विरासतबाट आएका उनी जुम्लाबाट प्रतिनिधि सभामा नेकपाबाट निर्वाचित हुन् । नेकपा सरकारले पटक–पटक गर्न लागेको नयाँ मन्त्रीमण्डलमा कर्णालीबाट राज्यमन्त्रीको चित्त बुझाउनबाहेक अरु केही जनमुखी काम नगरेका मन्त्री बने यहाँका नेता । केन्द्रीय राजनीतिकमा कर्णालीका नेताको पहुँच नपुग्ने राजनीतिकमा नेतावादी गुलाम नगर्नु, पार्टीको लागी दिर्घकालिन समयसम्म योगदान गरेको नेता हुन गजेन्द्रबहादुर महत ।

नयाँ मन्त्रीमण्डलमा महतको नाम अटल

‘नेकपा अध्यक्ष प्रचण्ड खेमाका शक्तिशाली सांसद हुन् महत’ विगतमा विभिन्न चरणमा फुटेको माओवादी धारमा नलागेका नेता महत जनयुद्धदेखि शान्ति प्रक्रियासम्म प्रचण्ड धारभित्रका बौद्धिक र प्रभावशाली नेतामध्य एक हुन् महत । नेकपा केन्द्रीय सदस्यदेखि जुम्ला जिल्लाको इञ्चार्ज समेतको नेतृत्वमा रहेका महतलाई नेकपाको सचिवालयले मन्त्रीको नाममा सिफारिस गर्ला ? कर्णाली प्रदेशबाट मन्त्री बन्ने चर्चामा रहेका जनार्दन शर्मा पटक–पटक मन्त्री बन्नेमध्ये एक नेता हुन शर्मा । ओली सरकारका वनमन्त्रीसमेत रहेका शक्तिबहादुर बस्नेत पनि पटक–पटक मन्त्री बनिसकेका छन् ।

पटक–पटक मन्त्री बनेका शर्मा र बस्नेतले गरेका कामबारे नेपाली जनताले देखिसकेका छन् । नेकपा कर्णालीको नेतृत्व गर्न शर्मा र बस्नेतले मन्त्रीभन्दा पार्टीको नेतृत्व लिई कर्णालीबाट महतलाई संघीय सरकारको मन्त्रीमण्डल मौकामा दिनुपर्छ । जुम्लाका जनसमुदायका लागि लोकप्रिय नेताको रुपमा महतलाई जान छ । यहाँका हरेक समुदायदेखि तल्लो वर्गसम्म महतको नाम चर्चा हुने गरेको छ । पार्टीे संगठन निर्माण मा महतको योगदान अति महत्वपूर्ण रहेको छ । जनताका लागि सजिलौ भएका नेता महत जुम्लाका बच्चादेखि बृद्धासम्म चिन्ने नाम हो (कार्मा) गजेन्द्रबहादुर महत ।

संघीय सरकारको नयाँ मन्त्रीमण्डलमा साविको कर्णालीका नेतालाई कुनै मन्त्रालयको जिम्मवारी नदिँदा नेकपाको राजनीतिकमा पानीमा बालुवाको घर निर्माण गरे सहर हुनेछ । केन्द्रबाट कर्णालीको सुनौला मार्गचित्र निर्माण गर्न नेकपाका ठुला नेताले अब बन्न नयाँ मन्त्रीमण्डलमा साविको कर्णालीका पाँच जिल्लामध्ये जुम्लाबाट संघीय सभाका सांसद महतमात्र मन्त्री बन्ने एक कर्णालीका राजनीतिक हस्ती हुन् । जब सांसद सभाभित्र विभिन्न प्रकारका बहस हुने गरेका छन् । यी बहसमध्ये महत फरक रुपमा प्रस्तुत हुने गरेका छन् ।

महतको बहसभित्र कर्णालीको विकास र यहाँका जनताले भोकेका समस्यादेखि नुनदेखि सुनसम्म हुने कर्णालीको राजनीतिक कहिलेसम्म चल्ने यो आवज महतको नेपाली मिडियादेखि सांसद सभाभित्र सरकारप्रति गतिलो हतियारका रुपमा प्रहार हुने नेतामध्ये महत एक हुन् । कर्णालीको विकासका लागि कडारुपमा सांसद् सभाभित्र प्रस्तुत हुने महत नेपालका चर्चित अनलाइन मिडियादेखि, टेलिभिजन र पत्रपत्रिकासम्म बोलेको विषयवस्तुबारे चर्चा हुने गरेका छन् । मन्त्रीमण्डलमा समावेश गर्न नगर्नु विषय नेकपाको सचिवालयको हो । तर कर्णालीको नाममा केन्द्रमा राजतीनिक गर्नुभन्दा साविकको कर्णालीका नेतालाई मन्त्री बनाउनु नेकपाको सचिवालयको काँधमा आएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार १५:१६