सूचनाको शक्ति - The Power Of Information

        

परिवारमा कोरोना देखिएपछि सांसद शर्मा क्वारेन्टिनमा

काठमाडौं । राष्ट्रिय सभा सांसद दीनानाथ शर्मा होम क्वारेन्टिनमा बसेका छन्। परिवारका सदस्यलाई कोरोना संक्रमण देखिएपछि शर्मा क्वारेन्टिनमा बसेका हुन्।

‘परिवारका सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि डाक्टरको सल्लाह अनुसार क्वारेन्टिनमा बसेको छु।’ शर्माले भने।  प्रधानसेनापति पूर्णचन्द्र थापाका भान्सेलाई पनि कोरोना संक्रमण पुष्टि भएपछि उनी होम क्वारेन्टिनमा बसेका छन्।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार १०:१६